धनगढी, साउन ११ (ई–रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार २६९ नमूनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा २२१ जनाको रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् ।
सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन् । थप ४ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा २४ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना आईसीयू, १३ जना अक्सिजनको सर्पोटरमा उपचाररत छन भने ८ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए।


