काठमाडौं, साउन ११ (ई–रैवार)
रेशम चौधरी निर्वाचन आयोगमा पुगेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी ‘हेड काउन्ट’ का लागि निर्वाचन आयोग पुगेका हुन ।
जसपामा आधिकारिकताको विषय टुंग्याउन निर्वाचन आयोगले ‘हेड काउन्ट’ का आज कार्यकारिणी सदस्यलाई सनाखतका लागि आयोग बोलाएको हो । त्यसैको लागि चौधरी डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् ।
चौधरी प्रहरीको गाडी चढेर आएका थिए । चौधरीले आफूले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताएका छन् ।
उनले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र त्यसपछि मात्र सनाखतबारे निर्णय लिने बताए ।
जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो ।


