एमाले वरिष्ठ नेता माधव नेपाल र प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता

एमाले वरिष्ठ नेता माधव नेपाल र प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता
Spread the love

काठमाडौँ,साउन २ (ई–रैवार)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो साढे १ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।

स्रोतका अनुसार उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भैइरहको जानकारी दियो । सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भइरहेको बताइएको बुझिएको छ । भेटवार्ता अहिले पनि जारी रहेको स्रोतले जानकारी दियो ।

पछिल्लो समय प्रचण्ड निरन्तर नेपाल निवास पुगिरहेका छन् । स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उनीहरुबीच छलफल भइरहेको छ ।

उनीहरुबीच सहकार्य जारी राख्ने विषयमा छलफल हुँदै आएको छ । सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलमा नै छन् ।

नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उनकै निवास गरेर छलफल गरेका थिए । छलफलमा नेपालले संसद बचाउन भएपनि सरकारलाई विश्वासको मत दिने बताएका थिए । यो गठबन्धनका नेताहरुबीच द्विपक्षीय, बहुपक्षीय छलफल भइरहेको छ ।