काठमाडौँ,साउन २ (ई–रैवार)
नेपालमा आज थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६६ परीक्षण गर्दा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनागरी १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ९ सय ५२ जना छन् । यस्तै, ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
देशभर पछिल्लो २४ घन्टामा २१६४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा कोरोनबाट निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २१ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ।


