काठमाडौं, असार ३० (ई–रैवार)
राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको बताएका छन् । देवकोटाले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री देउवा जनताकै जनतादेशबाट नियुक्त भएको बताएका हुन ।
बागमती प्रदेशबाट स्वतन्त्र हैसियतमा निर्वाचित राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले लेखेका छन्, ‘मेरो विचारमा देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन् ।
जनताको अभिमतबाट निर्वाचित १४९ सांसदहरु सशरीर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्दा राष्ट्रपतिले संसद विघटनका कारण न्यायका लागि अदालत गएका हुन् ।’
उनले अदालतले जनताको जनादेशबाट निर्वाचित सांसदको पक्षमा फैसला गर्दा कसरी अदालतको परामादेश हुन्छ भन्दै प्रश्न समेत गरेका छन् । ‘देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्’, देवकोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन् ।



