काठमाडौं, असार २९ (ई–रैवार)
नेपालमा आज थप २३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ हजार १२ वटा नमूनाको परीक्षण गर्दा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५८ को पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा पोजेटिभ देखिएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७५९ जनामा पोजेटिभ देखिएको हो।
योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ ।
मन्त्रालयका अनु्सर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।


