नेपालमा थप ४ सय ३ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

नेपालमा थप ४ सय ३ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु
Spread the love

काठमाडौँ, पुस २० (ई-रैवार)

नेपालमा आज थप ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १ जनामा गरिएको परीक्षणमा २ सय ४४ पुरुष र १ सय ५९ जना महिला गरी ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ सय ४०, ललितपुरमा २१ र भक्तपुरमा २४ कोरोना संक्रमित भेटिएका छन् । कास्कीमा ३५, कैलालीमा ३०, रुपन्देहीमा २५, बाँकेमा १४, कपिलवस्तु र दोलखामा १०/१० जना कोरोना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ सय ९४ पुगेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म १ हजार ८ सय ८५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ रहेको छ । उनीहरुमध्ये १ हजार ७ सय ७४ जना होम आइसोलेसनमा छन् भने २ सय ९ जनाको आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।