बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

Spread the love

बैतडी, असार २० (ई–रैवार)

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाकोे मृत्यु भएको छ । बैतडीको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले दुर्घटनामा परी २ जनाको घटनास्थलमै मुत्यु भएको बताएका छन् । दुर्घटनामा अन्य १० जना घाइते भएका छन्।

दुर्घटनामा परी सिगास गााउँपालिका ३ का ६४ वर्षीय रामसिह धामी र ४५ वर्षीय मानसिँह साउदको मृत्यु भएको  प्रहरी नायव उपरीक्षक  पालले बताए।

प्रहरी नायव उपरीक्षक  पालका अनुसार ४ जना गम्भिर घाइते छन भने ६ जनाको अवस्था समान्य छ। गम्भिर घाइते हुनेमा सिगास–३ का ४५ वर्षीय जयसिह धामी, सोही ठाँउका १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी र ४० वर्षीय गौमती साउद छन्।

सिगास–३ का २९ वर्षीय करनसिह धामी, सोही ठाँउका ४५ वर्षीय दलबिर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बाशुमती धामी, १९ वर्षीय खगेन्द्रं साउद र ४४ वर्षीय हरीभाम साउद समान्य घाइते छन्।

अहिले प्रहरी चौकी ठाँटा र प्रहरी चौकी खोडपेबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरिरहेको छ। घाइतेहरुलाई डडेल्धुरा अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। जीप सडकबाट ५० मिटर तल खसेको छ।