राष्ट्रियसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा आज बस्दै

राष्ट्रियसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा आज बस्दै
Spread the love

काठमाडौँ, असार २० (ई–रैवार)

राष्ट्रियसभाको बैठक आज संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशनको दोस्रो बैठक दिउँसो १ बजे बस्ने तय गरिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको बताइएको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७/०७८ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको जानकारी दिएका छन् ।

यही असार १७ गते आठौँ अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यस दिन केही अध्यादेशहरू सभासमक्ष पेस गरिएको थियो ।