काठमाडौँ, असार १९ (ई–रैवार)
सरकारले चिनियाँ कम्पनी सँग खोप खरिदको लागी सम्झौता गरेको छ । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको भेरोसेल खोप खरिदको सम्झौता गरेको हो ।
सरकारले गरेको सम्झौताअनुसार असार २४ गतेबाट खोप आपूर्ति हुने छ । खोप लिनका लागि जुलाई ८ तारिख २४ गते बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निश्चित भएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोपार्म कम्पनीसँग खोप खरिदको लागि भएको सम्झौता अनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति शुरु भइ तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ।
खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने पनि प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसका साथै गाभी कोभ्याक्स फ्यासिलिटीबाट पनि छिट्टै खोप प्राप्त गरी कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने उनले बताए ।
’राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ ।सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।
चीन सरकारले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो। यही असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा प्रदान गरिँदैछ ।
हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ भने आजसम्म जनसंख्याको २५ लाख ७४ हजार ७१५ (९ ) प्रतिशतले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले (३ ) प्रतिशतले दोस्रो मात्रा कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेका छन् ।


