सेती प्रादेशिक अस्पतालमा शुक्रबार ११ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

धनगढी, असार ४ (ई-रैवार) 

सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १८९ नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका ६ जना, धनगढीबाहेक कैलालीका ४ जना र अन्य जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सेती अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये १ जना भेन्टिलेटर ११ जना आइसियूमा, ८ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ४ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।