धनगढी,जेठ २८ (ई-रैवार)
कैलाली बहुमुखी क्याम्पसले असार ६ गतेदेखि कक्षा सञ्चालन गर्ने भएको छ। क्याम्पसले शुक्रबार एक सूचना जारी गर्दै असार ६ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने जनाएको हो।
स्नातक तह बीबीएस, बीएससी, बीए र बीएड तेश्रो वर्षको पठनपाठन असार ६ गते दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट सञ्चालन गरिने क्याम्पस प्रमुख प्रा.डा. पदमराज जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।



