सेती प्रादेशिक अस्पतालमा शनिबार २२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

Spread the love

धनगढी, जेठ २२ (ई-रैवार) 

सेती प्रादेशिक अस्पतालमा शनिबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १८९ नमूना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका ९ जना, धनगढीबाहेक कैलालीका १२ जना र अन्य जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक सूचना अधिकारी श्रेष्ठले हाल अस्पतालमा ४९ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए । जसमध्ये २ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ३३ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने १ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा २ जना भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । सेती प्रादेशिक अस्पतामा पछिल्लो २४ घण्टामा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।