नेपालमा आज ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

Spread the love

काठमाडौँ, जेठ २२ (ई-रैवार) 

नेपालमा आज थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण गर्दा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संक्रमितको संख्या पाँच लाख ८५ हजार १०० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ ।