गिट्टी, वालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन काँग्रेस सभापति देउवाको आग्रह

गिट्टी, वालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन काँग्रेस सभापति देउवाको आग्रह
Spread the love

काठमाडौँ, जेठ २२ (ई-रैवार)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुरेको गिट्टी, बालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।  ट्वीटरमार्फत शनिबार विश्व वातावरण दिवसमा शुभकामना सन्देश व्यक्त गर्दै देउवाले चुरे दोहनसम्बन्धी निर्णय फिर्ता लिन सरकारसँग माग गरे हुन् ।

वातावरण बचाउँन हरेकले पहल गर्नुपर्ने  भन्दै सरकारले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याएको सभापति देउवाले बताए ।

पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चि हुने देउवाको भनाइ छ।