धनगढी, जेठ १९ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २३३ नमूना परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका १९ जना, धनगढीबाहेक कैलालीका ३१ जना र अन्य जिल्लाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
सूचना अधिकारी श्रेष्ठले हाल अस्पतालमा ४५ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए । जसमध्ये ३ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, ३२ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ५ जना निको भई घर फर्किएका छन्, भने थप ७ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा १ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरीका २९ बर्षिय पुरुष रहेका छन् ।


