सुदूरपश्चिम प्रदेश सरकारद्वारा जेठ २१ गते बजेट अधिवेशन आह्वान

Spread the love

धनगढी, जेठ १९ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेश सरकारले जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको हो ।