मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज इराक जाने

Spread the love

काठमाडौं, जेठ ११ (ई-रैवार)

मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज इराक जाने भएको छ । इराकसँग मैत्रीपूर्ण फुटबल खेल्न २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टोली इराक जाने थालेको हो ।

नेपाली टिम कतार एयरवेजबाट इराक जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाली टिम राति १० बजे इराक प्रस्थान गर्ने छन् ।

इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । गत सोमबार स्वाब परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको हो।

नेपालले जेठ १५ (मे २९) मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । त्यस्तै, विश्वकप छनोटको समूह चरणको खेलमा चाइनिज ताइपेईसँग जुन ३ मा, जोर्डसनसँग जुन ७ मा र अष्ट्रेलियासँग जुन ११ मा खेल्नेछ।

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।