काठमाडौँ, वैशाख २५ (ई-रैवार)
नेपालमा आज थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनागरी ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंका २ हजार २७०, ललितपुरका ४६२ र भक्तपुरका ३८१ , रुपन्देहीमा ८६१, सुर्खेतमा ५९७, बाँकेमा ५५५, कास्कीमा २८५, झापामा २७६, मोरङमा २५४, दाङमा १८९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी सुनसरीमा १५७, मकवानपुरमा १३४, चितवनमा १२५, धनुषामा ११६, बर्दियामा ११३, बैतडीमा १११ तथा पर्सा र सिन्धुलीमा १०७/१०७ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमित ८३ हजार ४९३ जना पुगेका छन् । सक्रिय संक्रमितमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७५८ जना संक्रमितको आईसीयू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। नेपालमा मृतकको कुल संख्या ३ हजार ६३२ पुगेको छ।



