कांग्रेस पदाधिकारी बैठक बस्दै : पछिल्लो राजनीतिक अवस्था र कोरोना महामारी बारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै : पछिल्लो राजनीतिक अवस्था र कोरोना महामारी बारे छलफल हुने
Spread the love

काठमाडौं, वैशाख २१ (ई-रैवार)

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्था र कोरोना महामारीले उत्पन्न अवस्था लगायतका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।

बैठकमा पार्टी महाधिवेशनको आन्तरिक विषयसँगै प्रधानमन्त्री ओलीले बहुमतको विश्वास छँदाछँदै संसद अधिवेशन आह्वान गरेर विश्वासको मत लिन लागेको विषय पनि छलफलको मुद्दा बन्ने बताइएको छ ।

त्यस्तै बैठकमा विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षा हुने छ । पार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले विश्वावको मत लिन लाग्दा पार्टी रणनीति कस्तो हुने र अन्य दलसँगको सहकार्य कसरी अघि बढाउने भन्ने विषयमा कांग्रेसले पदाधिकारी बैठकबाटै रणनीति तय गर्ने नेताहरुले बताएका छन् ।

यसअघि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि स्थगित भएको थियो ।