आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान यस्तो छ
A pedestrian walks with an umbrella as lightning strikes during an evening thunderstorm in Jammu on May 14, 2015. AFP PHOTO / RAKESH BAKSHI (Photo credit should read rakesh bakshi/AFP/Getty Images)
Spread the love

काठमाडौँ, वैशाख १६ (ई-रैवार) 

आज मुलुकभर मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज ठाउँठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको हो ।

आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक/दुई स्थानहरुमा र अपरान्हपछि मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार पनि वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आगामी तीन दिनको पूर्वानुमान यस्तो छ

बैशाख १६ गते (बिहीबार)

दिउँसो:  देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा  र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन, चट्याङ ,हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख १७ गते (शुक्रबार)

दिउँसो:  देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा  र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख १८ गते (शनिबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका केही स्थानमा मेघगर्जन,चट्याङ,हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति :  देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।