धनगढी, वैशाख १४ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७० नमूना जाँच गर्दा मंगलबार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ३७० नमूना जाँच गर्दा १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन । उनका अनुसार अस्पतालमा ४२ जना बिरामीको उपचार भइरहेको छ ।
जसमध्ये, २ जनालाई भेन्टिलेटर, ११ जनालाई आइसीयु राखिएको छ । २५ जनालाई अक्सिजन दिइएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । ४ जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको जनाइएको छ ।


