नेपालमा मंगलबार २६३४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

Spread the love

काठमाडौँ, असार २२ (ई–रैवार) 

नेपालमा मंगलबार थप २६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा पुष्टि भएको हो।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ रहेको छ ।

हालसम्म देशभर २३ लाख ८३ हजार ५४४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३३० जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २५हजार ८२८ रहेको छ । २ हजार ५९ जना संस्थागत आइसोलेसन रहेका छन् । भने आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।