त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : आज नेपाल र मलेसिया खेल्दै

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : आज नेपाल र मलेसिया खेल्दै
Spread the love

काठमाडौं, वैशाख ९ (ई-रैवार) 

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन् । घरेलु मैदानमा जारी सिरिजको अन्तिम लिग खेलमा नेपालले मलेसियासँग दिउँसो सवा १ बजे खेल्न लागेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ । पहिलो भेटमा ९ विकेटको जित निकालेको नेपाल उच्च आत्मबलका साथ मैदान उत्रनेछ ।  नेपाल यसअघि नै फाइलनमा पुगि सकेको छ । सिरिजको फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेदरल्यान्ड्स पनि फाइनल पुगिसकेको छ ।

सिरिजमा ३ खेल खेलेको नेपालले दुई खेलमा जित निकाल्दे अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । नेपालले पहिलो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो । आजको खेलमा जित निकाल्दै नेपाल शीर्ष स्थानमा उक्लने योजनामा छ ।

यता प्रतियोगिताबाट बाहिरिएको मलेसिया आजको खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा छ । सिरिजको ३ खेलमा मलेसिया १ अंक जोडेको छ । नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हालसम्म नेपाल र मलेसियाबीच ४ टी–ट्वान्टी र ५ टी–ट्वान्टी अन्तराष्ट्रिय खेल भएको छ । जसमा नेपाल हाबी रहेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ । उसका लागि यो खेल प्रतिष्ठाको मात्र हुनेछ ।