काठमाडौं, वैशाख ९ (ई-रैवार)
मुख्यमन्त्रीलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ परेकी छन् । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि नेकपा एमाले मुख्यालय थापाथली परिसरबाट खड्कालाई पक्राउ गरिएको हो ।
एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेकि थिइन् ।
मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहान पार्टी कार्यालयको उदघाटन गरे । उनले आजै नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन् ।
बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन गर्ने तयारी छ । भाडामा लिइएको भनिएको थापाथलीस्थित कार्यालयको आजै उदघाटन कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ ।
तस्बीर : बाह्रखरीबाट


