काठमाडौं, फागुन २३ (ई-रैवार)
१० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।
यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।
यसअघि प्रचण्ड-नेपाल समूहले सरकारको वैधतामाथि नै प्रश्न उठिरहेको समयमा अध्यादेशलगायतका अन्य कार्यसूची तय गरिएको भन्दै बैठक बहिष्कार गरेको थियो ।
त्यसैगरि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असंवैधानिक अध्यादेश संसद् प्रस्तुत हुन नसक्ने भन्दै आपत्ति जनाए पनि अध्यादेश संसद्मा प्रस्तुत गरिएपछि नाराबाजी गरेको हो ।
कांग्रेसले नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित बैठक सूचना टाँस गरेर २६ गतेसम्मका लागि स्थगित गरिएको हो ।


