अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउने पहिलो नेपाली बनिन् मुस्कान खातुन

अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउने पहिलो नेपाली बनिन् मुस्कान खातुन
Spread the love

काठमाडौं, फागुन २१ (ई-रैवार)

एसिड आक्रमणमा परेर एसिड पीडितकै पक्षमा संघर्ष गर्दै आएकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गरेकी छन् । हरेक वर्ष विश्‍वभरका साहसी महिलाहरुलाई प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउने मुस्कान पहिलो नेपाली बनेकी छन् ।

सन् २००७ बाट सुरु गरिएको यो अवार्डका लागि विश्‍वभर विभिन्‍न मुलुकमा रहेका अमेरिकी दूतावासहरुले उम्मेदवार सिफारिस गर्ने गर्दछन् । यस वर्ष नेपालस्थित अमेरिकी दूतावासको सिफारिसमा परेकी मुस्कानले यो अवार्ड प्राप्त गर्न सफल भएकी हुन् ।

अमेरिकी दूतावासले ट्विटरमार्फत मुस्कानले एसिड आक्रमण अन्त्यका लागि उनले गरेको पहल र संघर्षका लागि यो अवार्ड प्रदान गर्न लागिएको जनाएको छ ।

दूतावासले भनेको छ, “धेरै धेरै बधाई । मुस्कानले अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गर्न लागेको घोषणा गर्दा निकै खुसी लागेको छ । यो अवार्ड एसिड आक्रमण अन्त्यका गर्न उनले गरेको संघर्षका लागि यो अवार्ड प्राप्त गर्न लागेकी हुन् । उनी यो अवार्ड प्राप्त गर्ने महिलो नेपाली र एक कम उमेरको महिला हुन् ।”