पेरिसडाँडा पुगे जसपा नेताहरू : सत्ता समीकरणको कसरत

पेरिसडाँडा पुगे जसपा नेताहरू : सत्ता समीकरणको कसरत
Spread the love

काठमाण्डौँ, फागुन १३ (ई-रैवार)

जनता समाजवादी पार्टीका नेताहरु पेरिसडाँडा पुगेका छन् । नेकपा दाहाल–नेपाल समूहका नेताहरुलाई भेट्न पेरिसडाँडा पुगेका हुन।

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि प्रचण्ड-नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र पारेको छ । जसपाले पनि राजनीतिक परिस्थति फेरिएसँगै प्रचण्ड-माधव समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ ।

दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका छन् । प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेकोमा हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् ।

यसअघि दाहाल–नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।