धनगढी, मंसिर ७ (ई–रैवार)
सुदूरपश्चिम प्रदेशमा आईतवार ३५ जनामा कोरोना पुष्टि भएको छ । सामाजीक बिकाश मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा रहेका ६ वटा मध्ये ५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय २५ जनाको स्वाव परिक्षण गरिएकोमा ३५ जनामा कोरोना पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार २ सय २० जनाको परीक्षण गर्दा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
श्रेष्ठका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर २, ४, ७ र ठेगाना नखुलेका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।
कैलालीकै टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका ३/३ जना, जोशीपुर गाउँपालिकाका २ जना र कैलाली गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कञ्चनपुरको महाकाली नगरपालिका र बेल्डाँडी गाउँपालिकाका १/१ जना र बैतडीका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । ३२ जनाको कोरोना परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार कोरोना पुष्टि हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिकामा ३ जना पुरुषमा कोरोना संक्रमण भेटिएको बताए ।
बैतडी अस्पतालमा भएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६९ जनाको स्वाव परिक्षण गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब ईन्चार्ज खेमराज जोशीले बताए । कोरोना पुष्टि हुनेमा नेपाल आर्मीमा कार्यरत २ जना, नेपाल सशस्त्र प्रहरीमा कार्यरत १ जना, दशरथ चन्द र पाटन नगरपालिकामा १/१ जनामा कोरोना देखिएको उनले बताए ।
त्यस्तै गरि बझाङका प्रयोगशालाका ४ जना, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएका परिक्षणमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ जनाको स्वाव परिक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका ल्याव ईन्चार्ज टेकबहादुर बिष्टले बताए । कोरोना संक्रमण पुष्टि हुनेमा मेल्लेख गाउँपालिकाका १ जना पुरुष रहेको उनले बताए ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ७ सय ६६ पुगेको छ । संक्रमण पुष्टि भएका ८ हजार ९ सय ९७ जना डिस्चार्ज भएका छन ।


