कोरोना संक्रमितले कक्षा १२ को परीक्षा पछि दिन पाउने, परीक्षा भोलीदेखी

कोरोना संक्रमितले कक्षा १२ को परीक्षा पछि दिन पाउने, परीक्षा भोलीदेखी
Spread the love

धनगढी मंसिर ८(ई–रैवार)

कक्षा १२ को परीक्षा मंगलबारदेखि सञ्चालन हुँदैछ। गत वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीले गर्दा रोकिएको थियो। त्यसबेला स्थगित गरिएको परीक्षा मंसिर ९ गतेदेखि गर्न लागिएको छ । परीक्षाका लागि सम्पूर्ण तयराी पुरा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

भोलीदेखीको परीक्षामा कोरोना संक्रमण भएर उपस्थित हुन नसक्ने विद्यार्थीले पछि परीक्षा दिन सक्ने मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो कुराको जानकारी दिएका हुन् । ‘कोरोना संक्रमित भए पछि परीक्षाको व्यवस्था गरिएको छ,’ उनले भने।

कक्षा १२ को परीक्षाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रश्न नउठोस् भनेरै महामारीका बीच पनि परीक्षा लिनु परेको मन्त्री पोखरेलको भनाइ छ।
कूल पूर्णाङ्कमध्ये ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ। अरू कक्षा ११ को अंक, आन्तरिक कक्षा कार्य तथा बेलाबेला लिइएका परीक्षाबाट विद्यालयले आन्तरिक मूल्यांकन गरी राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाउनेछन्।

परीक्षा केन्द्रमा भिडभाड नगर्न पनि मन्त्री पोखरेलको आग्रह छ। परीक्षा केन्द्रमा उपस्थित हुनेले अनिवार्य मास्क लगाउनु पर्नेछ भने भौतिक दूरीसमेत कायम गर्नुपर्ने उनले बताए।