काठमाडौं, कार्तिक १६ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट देशभर आज थप २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।


