काठमाडौं, कार्तिक १६ (ई-रैवार)
नेपालमा आज थप २ हजार ८ सय २४ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय २४ संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललतिपुरमा १ सय ६४ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै मोरङमा २ सय १२ जना, कास्कीमा १ सय ५५, रुपन्देहीमा ९१, सुनसरीमा ८०, झापामा ७५, कैलालीमा ४७, चितवनमा ३५, सोलुखुम्बुमा ३३, बाँकेमा ३२ र नवलपरासी पूर्वमा ३० जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
मकवानपुरमा २६, धनुषा र तनहुँमा २५/२५, सुर्खेतमा २४, बर्दियामा २२, कपिलवस्तुमा १८, उदयपुर र सप्तरी १६/१६, धादिङमा १५, सिराहा र लमजुङमा १३/१३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै रौतहटमा १२, गुल्मीमा ११, महोत्तरी र नवलपरासीमा १०/१०, इलाम र बाग्लुङमा ८/८ जना, धनकुटा, काभ्रे, म्याग्दी, स्याङ्जा र कञ्चनपुरमा ७/७, सर्लाही र दैलेखमा ६/६, खोटाङ, सिन्धुपाल्चोक र पर्वतमा ५/५ जनामा संक्रमण देखिएको छ ।
नुवाकोट र गोरखामा ४/४ जना, पर्सा, दोलखा, दाङ र रुकुम पश्चिममा ३/३ जना, भोजपुर, रामेछाप, सिन्धुली, जाजरकोट र डडेल्धुरामा २/२ जना र ओखलढुंगा, संखुवासभा, बारा, रसुवा, प्युठान, कालीकोट, जुम्ला, डोल्पा, दार्चुला, बझाङ र बैतडीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार यससँगै कुल संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ६५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ३४ हजार ८ सय ४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७७ दशमलव ७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ५६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ८९ जना र होम आइसोलेसनमा ३० हजार ९ सय ८६ जना रहेका छन् । आजसम्म देशभर २ हजार ३ सय ८६ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ८३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
शनिबार देशभर २ हजार ५सय ८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने २ हजार २ सय ६४ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।


