धनगढी, कार्तिक १२ (ई-रैवार)
२ लाख २३ हजार नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट तास खेलीरहेको अबस्थामा २ लाख २३ हजार ५ सय नगद सहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले गौरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित कृष्ण बहादुर खड्काको कुखुरा फर्म भित्र तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा २ लाख २३ हजार ५ सय नगद सहित पक्राउ गरिएको जनाएका छन् ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टका अनुसार उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालीका ६ बस्ने ६० बर्षका भक्त बहादुर शाही, सोही ठाउँ बस्ने बर्ष ५२का बिर बहादुर साउँद, ४५ बर्षका डम्मर शाही, ४२ बर्षका राम बहादुर साउँद र बर्ष ३६ का रंग साउँद रहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


