काठमाडौं, कार्तिक ७ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।
देशभर कोरोना भाइरसको संक्रमणबाट बिहीबार २१ जनाको मृत्यु भएको थियो । बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो । भने मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।


