डोटी अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

डोटी, कार्तिक ४ (ई-रैवार)

डोटी अस्पतालको प्रयोगशालामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार ७ जना पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

इन्चार्ज शौरभ श्रेष्ठले दिपायल सिलगढी नगरपालिकाका ४ पुरुष र आदर्श गाँउपालिकाका ३ पुरुष र १ महिला गरी जम्मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन ।