डोटी जिल्लामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि

डोटी जिल्लामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

डोटी, असोज २९ (ई-रैवार)

डोटी जिल्लामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा डोटी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा २६ जनाको जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख दिपेन्द्र राज मिश्रका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका वाड नम्बर ५ का १ जना, वाड नम्बर ६ का १२ जना र बोगटान फुड्सिल गाउपालिका वाड नम्बर ५ का ५ जनागरि २६ जनमा कोरोना संक्रमण पुष्टी भएको हो ।

अस्पतालका निमित्त कार्यालय प्रमुख मिश्रले डडेल्धुरा प्रयोगशालामा गरिएको कोरोनापरिक्षणमा जोरायल गाउपालिकाको वाड नम्बर १ का  ४ जनामा र वाड नम्बर ५ का ५ जनागरि ९ जनामा कोरोना पुष्टि भएको बताए ।

अहिलेसम्म डोटी जिल्लामा १ हजार १ सय ७२ जनामा कोरोना पुष्टि भएको छ भने सक्रिय संकमितको संख्या ८१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मिश्रले बताएका छन ।