सेती प्रादेशिक अस्पतालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, वैशाख १६ (ई-रैवार) 

सेती प्रादेशिक अस्पतालमा आज थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बिहिबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २७८ नमूना जाँच गर्दा १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो

अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा ५७ जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये ३ जनालाई भेन्टिलेटर ९ जनालाई आइसीयु राखिएको छ । ३५ जनालाई अक्सिजन दिइएको छ । १० जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको जनाइएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा बिहिबार ५ जनाको ज्यान गएको छ ।