डोटी, असोज २३ (ई-रैवार)
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज थप ५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ५४ जनाको नमुना परीक्षण हुदा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको केआई सिह गाउपालिका १ जना महिला, अछामको बान्नीगढीका २ जना महिला, तुर्मखादका २ पुरुषगरी ५ जनामा कोरोना सक्रमण पुष्टि भएको बताए ।



