नेपालमा २ सयबढी पत्रकार कोरोना संक्रमित, १ सय ४३ जना संक्रमण मुक्त

नेपालमा २ सयबढी पत्रकार कोरोना संक्रमित, १ सय ४३ जना संक्रमण मुक्त
Spread the love

काठमाडौं, असोज २३ (ई-रैवार)

कोरोना भाइरसबाट नेपालमा २ सयबढी पत्रकारहरु संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म नेपालमा २ सय १ जना पत्रकारहरु कोरोना भाइरसबाट संक्रमित भएका हुन ।

नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालका अनुसार सातवटै प्रदेशका संक्रमित २ सय १ जना मध्ये २ जनाको मृत्यु भएको छ । यस्तै १ सय ४३ जना संक्रमणमुक्त भइसकेका छन् भने ५६ जना उपचाररत छन् ।

पत्रकार महासंघका अनुसार प्रदेश १ का २९, प्रदेश २ का ४२, वाग्मती प्रदेशका ६९, गण्डकी प्रदेशका १९, लुम्बिनी प्रदेशका २९, कर्णाली प्रदेशका ११ र सुदूरपश्चिम प्रदेशका २ जना पत्रकारहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।