काठमाडौं, असोज १६ (ई-रैवार)
विश्वभर ३ करोड ४४ लाख ७० हजार ७ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १५ हजार ३१ जना थपिएसंगै ३ करोड ४४ लाख ७० हजार ७ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विश्वभर एकै दिन थप ८ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजार ४ सय ८९ पुगेको छ ।
एकै दिन २ लाख ३१ हजार ५ सय ३९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ५६ लाख ५७ हजार ४ सय ७९ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २३ हजार २ सय २५ जनाको मृत्यु भएको छ । ५० लाख ९३ हजार ८ सय ६८ जना संक्रमित भएकोमा २५ लाख ५९ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १२ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८९ लाख ५१ हजार ३५ पुगेको छ । त्यसमध्ये ५७ लाख ८८ हजार ५ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ९६ हजार ५ सय ३७ जनाको मृत्यु भएको छ । १ करोड ७ लाख ५१ हजार ७ सय ७२ जना संक्रमित भएकोमा ९० लाख ३१ हजार ८ सय ६९ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ५७ हजार ७ सय ३३ जनाको मृत्यु भएको छ । ८१ लाख ३९ हजार ८ सय २५ जना संक्रमित भएकोमा ७० लाख ५ हजार ६ सय ८० जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा ३६ हजार १ सय ३९ जनाको ज्यान गएको छ भने १४ लाख ९६ हजार ९ सय ७७ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९ सय २९ जनाको मृत्यु भएको छ । ३१ हजार ३ सय ९४ जना संक्रमित भएकोमा २८ हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।


