प्रधानन्यायाधीश जबराले बोलाए दिउँसो १ बजेका लागि फुलकोर्ट

Spread the love

काठमाडौं, मंसिर २ (ई-रैवार) 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। प्रधानन्यायाधीश जबराले आज १ बजेका लागि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका हुन्।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो एक बजेका लागि पूर्ण बैठक बैठकको समय तय भएको छ । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक नियमावली संशोधन गर्ने, छलफल गर्ने र निर्देशिका पारित गर्ने फुलकोर्टको कार्यसूची रहेको छ ।

यसअघि बोलाएको बैठक भने न्यायाधीशहरुले बहिस्कार गरेका थिए । त्यसपछि पाँचजना न्यायाधीश नियमित इजलासमा प्रवेश गरिसकेका छन् ।