काठमाडौं, असोज १३ (ई-रैवार)
नेपालमा आज थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशाला १० हजार ८ सय ९२ नमुना परीक्षण गर्दा १ हजार ५ सय १३ कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, झापामा ९,तेह्रथुमा २, भोजपुर १, मोरङमा १०१, सुनसरीमा ३२ जनामा कोरोना छ।
प्रदेश २ को धुनषामा १०, पर्सामा २३, बारामा ४, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ७ सय ४७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा १ सय १४, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, तनहुँमा १७, नवलपरासी पूर्वमा १५, र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश ५ को कपिलवस्तुमा ११८, गुल्मीमा २, दाङमा ११, नलवपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१ ,रोल्पामा १ र रुपन्देहीमा ९५ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा १ र सुदूरपश्चिमको कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ र बैतडीमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
यससँगै कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । देशभर १ हजार ५ सय १३ संक्रमित थपिएका छन। देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३१ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५५ हजार ३ सय ७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९ हजार २ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ६ सय ८९ जना र होम आइसोलेसनमा १० हजार ७ सय ७ जना रहेका छन् । देशभर ३४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय १३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
सोमबार देशभर कोरोना संक्रमित १ हजार ३ सय ५१ जना थपिएका थिए भने ७ सय ४२ जना डिस्चार्ज भएका थिए । सोमबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको थियो ।


