बैतडी, असोज १३ (ई-रैवार)
बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । मंगलबार नगरपालिकाका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टका अनुसार नगरपालिकाका सवारी चालक र एक भारतबाट फर्केका स्थानीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो ।
नगरपालिकाको मंगलबार बसेको आकस्मिक बैठकले असोज १७ गते राती १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भट्टले जानकारी दिए ।
सिल गरिएको अवधिमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द रहने प्रमुख प्रशासकिय अधिकृत भट्टले जनाएको छन ।


