काठमाडौं, फागुन २५ (ई-रैवार)
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
बैठकमा पार्टी पुनर्गठन प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । माओवादी केन्द्रको बैठकमा पार्टी पुनर्गठन प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ ।
सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो ।
त्यसपछि २४ फागुनमा पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको बैठक बसेर एमालेका नेताहरु नेकपा एमालेमा नै फर्कने निर्णय गरेका थिए ।नेकपा एमालेका नेताहरु एमालेमा फर्किएसँगै माओवादी केन्द्रको बैठक बसेको हो ।


