डोटी, असोज १२ (ई-रैवार)
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८३ नमुना परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डोटी जिल्ला अस्पताल प्रयोगशालाका मोलेकुलर ल्याब इन्चार्ज सौरभ श्रेष्ठले अछाम रामारोसनका ११ जना र मंगलसेनका २ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार सङ्क्रमितहरू मध्ये ७ पुरुष र ६ महिला रहेका छन् ।



