आईपीएल : पञ्जावमाथि राजस्थानको सनसनीपूर्ण जीत

आईपीएल : पञ्जावमाथि राजस्थानको सनसनीपूर्ण जीत
Spread the love

काठमाडौं, असोज १२ (ई-रैवार) 

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोलयल्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

यसलाई आईपीएल इतिहासमा कुनै पनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल मानिएको छ । यसअघि आईपीएलमा सर्वाधिक रन चेशको कीर्तिमान पनि राजस्थानकै नाममा थियो । राजस्थानले सन् २००८ को आइपिएलमा डेकन चार्जर्सविरुद्ध २ सय १५ रनको लक्ष्य पूरा गरेको थियो ।