डडेल्धुरा, आश्विन १ (ई-रैवार)
डडेल्धुराको भागेश्वरले स्थानिय पाठ्यक्रम निर्माण गर्ने भएकोे छ । स्थानिय तहमा रहेका कलासंस्कृति, धर्म, भेषभुषा, यहाँको मौलिकता, यहाँका पर्यटकिय क्षेत्र, कृषि क्षेत्र लाई समेटेर स्थानिय पाठ्यक्रम निर्माण गरिने भएको हो ।
पछिल्लो समयमा गाउँ समाजमा अङ्ग्रेजी भाषाले बढि प्राथमिकता पाएको समयमा यहाको स्थानिय भाषालाई निरन्तरता दिनका लागि स्थानिय पाठ्यक्रमको खाचो महसुश गरी स्थानिय पाठ्यक्रम निर्माणका छलफल अगाडी बढाएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन ।
स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धि सरोकारवाला संघ मंगलबार भागेश्वर गाउँपालिकामा अन्तक्रिया कार्यक्रम गएको छ ।
कार्यक्रममा अथितिहरु गाउँपालिकाका वडा अध्यक्ष (१–५ ) का सबै, गाउँपालिका प्रमुख हर्ष बहादुर रोका, गाउँपालिका अध्यक्ष कौशिला कुमारि भट्ट, उपाअध्यक्ष पदम बोहरा, जिल्ला रेडक्रस सभापति, शिक्षक संघ अध्यक्ष, शिक्षा शाखा प्रमुख, पुर्ब नेपाल शिक्षक संघ अध्यक्ष, सबै विद्यालयका प्र.अ, अध्यक्ष लगायत स्थानिय राजनितिक दलका प्रतिनिधि, स्थानिय नागरिक, पत्रकार, रहेको थियो ।
स्थानिय पाठ्यक्रम निर्माणका लागि पाठ्यक्रम मस्यौदा समिति गठन समेत गरिएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले जानकारी दिएकी छन ।
डडेल्धुरा उत्कृष्ट मानिने भागेश्वर गाउँपालिकाको १ र २ मा मनाउने होलि जिल्ला कै उतकृष्ट रहेको अनि वडा नंम्वर ४ जिल्लामा कृषि क्षेत्रमा अगाडि रहेको पाईन्छ यस क्षेत्र लाई कृषि हवको रुपमा चिनाउनुका लागि पनि यस्ता बिषयलाई स्थानिय पाठ्यक्रममा समेटनु जरुरि रहेको गाउँपालिका प्रमुख हर्ष बहादुर रोकाको भनाई रहेको थियो ।
आफ्नो कला, मौलिकता र स्थानियता झल्किने खालको पाठ्यक्रम ल्याउनु जरुरि रहेको सोहि अनुसारको पाठ्यक्रम ल्याउनुमा आफु जोड दिने वडा ३ का अध्यक्ष राम बहादुर शाहिले बताएका थिए ।


