नेपालमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, ११ सय ७३ जना डिस्चार्ज

नेपालमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, ११ सय ७३ जना डिस्चार्ज
Spread the love

काठमाडौँ,  भदौ २८ (ई-रैवार)

नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १ सय ६५ नमुना परीक्षण गर्दा ३ सय ६५ महिला र ६ सय ७४ पुरुषमा गरी १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र ५ सय ९७ जनामा संक्रमि थपिएका छन्, जसमध्ये काठमाडौंका ४ सय ८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना छन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

यस्तै मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७र२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४र१४ जना तथा नुवाकोटका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७ र ७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४र४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३ र ३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २ र २ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १र१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. गौतमका अनुसार यस सँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार १ सय ७३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३८ हजार ६ सय ९७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ३ सय ६५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ४० हजार ५ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ७ हजार ७ सय ३० जना र होम आइसोलेसनमा ५ हजार ३ सय ८७ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ५ सय ३६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ६९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।