सुदूरपश्चिममा एकैदिन चारसय ८९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा एकैदिन चारसय ८९ जनामा कोरोना पुष्टि
Spread the love

धनगढी असार १९(ई-रैवार)
सुदूरपश्चिममा एकै दिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ। दैनिक बृद्धिदरमा यो संख्या अहिलेसम्मकै बढि हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पाटन अस्पताल प्रयोगशाला ललितपुर, शिक्षण अस्पताल प्रयोगशाला र धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा एकैदिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ४७ जना, शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा दुई सय सात जना र धनगढीको प्रयोगशालामा ३९ जनामा कोरोना पुष्टि भएको छ।

पाटन अस्पतालको प्रयोगशालामा अछामका ६ महिला र ६० पुरुष गरी ६६ जना, बैतडीका चार महिला र २८ पुरुष गरी ३२ जना, बाजुराका १२ महिला र ३५ पुरुष गरी ४७ जना, डोटीका ८ महिला र १६ पुरुष गरी २४ जना, कैलालीका एक महिला र ८ पुरुष गरी नौँ जना, कञ्चनपुरका ९ महिला र २० पुरुष गरी २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
शिक्षण अस्पतालको प्रयोगशालामा अछामका नौँ महिला र ३७ पुरुष गरी ४६ जना, डडेल्ःधुराका ६ महिला र २२ पुरुष गरी २८ जना, बाजुराका एक महिला र पाँच पुरुष गरी ६ जना, कैलालीका एक महिला र ११ पुरुष गरी १२ जना र कञ्चनपुरका चार पुरुषमा कोरोना पुष्टि भएको उनले बताए।

डाक्टर गौतममका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछामका २० महिला र ९० पुरुष गरी एक सय १० जना, बैतडीका चार पुरुष, बझाङका तीन महिला र १० पुरुष गरी १३ जना, डोटीका तीन महिला र ८ पुरुष गरी ११ जना, कैलालीका दुई महिला र पाँच पुरुष गरी सात जना र कञ्चनपुरका दुई महिलामा कोरोना पुष्टि भएको छ।

धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, चुरे गाउँपालिका दुई जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुई जनामा कोरोना पुष्टि भएको हो।
यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका एक÷एक जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ३५ पुगेको छ।
देशका सात वटा प्रदेशमा सुदूरपश्चिम प्रदेश तेस्रोमा छ। सुदूरपश्चिम प्रदेशभन्दा बढि प्रदेश नम्वर ५ र प्रदेश नम्वर २ मा संक्रमित रहेका छन्। सुदूरपश्चिममा कोरोना पुष्टि भएका सात जनाको मृत्यु भएको छ भने ६ सय ८० जना डिस्चार्ज भएका छन्।