दार्चुला असार १९(ई-रैवार)
दार्चला जिल्लाका तीनवटा स्थानमा सीमा सुरक्षर्था सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।
लेकम गाउँपालिका ३ को लाली, मालिकार्जुन गाउँपालिका७को जोलजिवी, र व्याँस गाउँपालिका२ को दुम्लिङमा बिओपी स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बर बहादुर विष्टले सीमा क्षेत्रमा हुने अतिक्रमण, अवैध निकासी–पैठारी, लागुऔषध ओसारपसार, आपराधिक गतिविधि नियन्त्रण गर्न ती स्थानमा बीओपी स्थापना गरिएको बताए।
सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले बिहिबार जोलजिवी र लालीमा स्थापना गरिएका विओपीको उद्घाटन गरे ।
दार्चुलाका जोलजिवी,लाली र दुम्लिङमा सशस्त्र प्रहरीको बिओपी स्थापना


